Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Kathmanduma Ek Din

Kathmanduma Ek Din

Kathmanduma Ek Din

Shivani Singh Tharu

Availability: In stock

-
+

Regular Price: RS.458.00

Special Price RS.366.00

शिवानी सिंह थारु सञ्चारकर्मी हुन् । नेपाल टेलिभिजनको कार्यक्रम मेरो गीत मेरो सन्देश र मूल्याङ्कनकी प्रस्तोता रहिसकेकी उनले बिबिसीको रेडियो नाटक कथा मीठो सारङ्गीकोमा लेखक र निर्देशकका रुपमा काम गरेकी छिन् । बिबिसीकै रेडियो नाटक कथामालाको लेखन र कथावाचन पनि गरेकी छिन् । उनले लेखेको नाटक भर्चुअल रियालिटी भारतको नेसनल स्कुल अफ ड्रामाको नवौं नाट्य महोत्सवमा नेपालको एक्टर्स स्टुडियोले मञ्चन गरिसकेको छ । काठमाडौंमा एक दिन उनको पहिलो उपन्यास हो ।
 
“डरसित भिड, बाँच त आँखा फारेर । जहाँ नजर थोडै झुकिगो त सम्झ, तिम्रो खून सफेद भइहाल्यो । याद राख्नू, डरले तिमीलाई पूरा मान्छे हुनबाट रोक्छ ।” ०६४ भदौ १० मा बम विस्फोट गर्ने उद्देश्यले घुर्ना राम अर्थात् ‘प्यान्थर’ काठमाडौं आउँछ । मधेस जनतान्त्रिक सेना र दलित प्यान्थर मोर्चाको सहकार्यमा हुने यो विस्फोट विगतका भन्दा भयानक हुँदै छ । तर जुन उद्देश्यका लागि घुर्नाले यत्रो जोखिम लिँदै छ, त्यसको परिणाम भोग्न ऊ साँच्चै तयार छ ? जोसँग मिलेर ऊ बम वस्फोट गर्न जाँदै छ, के उनीहरुमा पूरै भर पर्न सक्छ ? बम विस्फोटको योजना जतिजति अघि बढ्छ, घुर्ना रामदेखि ‘प्यान्थर’सम्मको रुपान्तरणका पत्र एकएक खुल्दै आउँछन् । तर उसलाई थाहा छैन, भविष्यतिर अघि बढिराखेका पाइलालाई आनै विगतले पछ्याउँदै आइराखेको । बम विस्फोटको दिन घुर्नाको जिन्दगीको नयाँ सुरुवात हुनेछ वा अन्तिम ? काठमाडौंमा एक दिन त्यही दिनको कथा हो ।

Additional Information

Publisher FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

You may also be interested in the following product(s)

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641