Nirvana

Nirvana

 (Paperback)

by Ghanashyam Khadka  
Rs 399.00 Rs 360.00 10 %

Number of Pages : 279

Language : Nepali

ISBN: 978-9937-0-0582-1

Publisher: Alchemynepal

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

यो जीवन नामको तत्व के हो ? मरेपछि यो सकिन्छ कि निरन्तर रहिरहन्छ ? मानिस दुःखी किन छ ? यो दुःख के हो ? यसबाट छुट्कार पाउने कुनै उपाय पनि छ कि दुःख नै जीवनको सत्य हो ?
उपन्यासकी नायिका मोनिका भन्छे,‘खानु, पिउनु, बिहा गर्नु, छोराछोरी जन्माउनु र हिँड्नु मात्रै जीवन हो भने यो झर्कोलाग्दो छैन त ?’
यस्ता प्रश्न ज्यादातर दर्शनको रौंचिरा प्रमाण खोज्दा गर्ने गरिन्छ । सिद्धान्त र दर्शनको नीरस गन्थनमन्थनमा उत्तर दिने परम्परा छ । आख्यानमा पढूँ—पढूँ लाग्ने गरी यस्ता प्रश्न, पात्र र भावभूमिको सिर्जना सायदै भएको छ । यस अर्थमा एक कोसेढुङ्गा हो निर्वाण । 
यो मूलतः प्रेम, आनन्द र सत्यको त्रिवेणी हो भने मनोविज्ञान यसको आधारभूमि । सत्य र आनन्द चाहने सबैलाई तान्ने पुस्तक हो यो । विधामा आख्यान भए पनि स्वाद यसको उत्प्रेरणादायी पुस्तकको छ । पढ्ने हरेकले आफैंलाई भेट्नेछ, आफैंलाई पाउनेछ । सनसनीपूर्ण घटनाक्रम र पात्रहरूका विस्मयकारी मिलन अनि विछोडले पुस्तकलाई अत्यन्त पठनीय बनाएको छ । 
 
About the Author
घनश्याम खड्का समकालीन पत्रकारितामा चिनिएका नाम हुन् । उनी कान्तिपुर राष्ट्रिय दैनिकमा सहायक वरिष्ठ उपसम्पादकका रूपमा कार्यरत छन् । मनोविज्ञान, दर्शन र आध्यात्मका बारेमा उनका लेखहरू निकै पढिन्छन् । पुस्तकका रूपमा उनको यो दोस्रो कृति हो भने उपन्यासका रूपमा पहिलो । उनको बालकविता संग्रह‘कोपिला’ २०६३ मा प्रकाशित छ । तीन वर्षको उमेरमा गीत गाएर संसारकै कान्छी गायिकाको विश्व अभिलेख राख्ने अतिथि गौतम केसीको एल्बम‘अतिथि’मा पनि उनका गीत छन् ।

Book Review

Scroll