Nagarik Aandolan ra Ganatantrik Chetana

Nagarik Aandolan Ra Ganatantrik Chetana

 (Paperback)

by Devendra Raj Panday  
Rs 275.00 Rs 220.00 20 %

Number of Pages : 240

Language : Nepali

ISBN: 978-9937-8046-2-2

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

प्रतिगमनविरोधी कार्यक्रमबाट विकसित हुँदै राजतन्त्रविरोधी बृहत् जनआन्दोलनमा परिणत भएको पृष्ठभूमि र यस क्रममा गणतन्त्र र अन्य सामाजिक–सांस्कृतिक मुद्दामा आधारित नागरिक आन्दोलनलाई यस ग्रन्थले आधिकारिकता र स्पष्टतासाथ व्याख्या गरेको छ । यथार्थमा यो ग्रन्थ बृहत् जनआन्दोलनको वैचारिक इतिहास बनेको छ । 
नागरिक स्वतन्त्रता र स्वाभिमानका निम्ति नेपालमा प्रारम्भ भएको सात दशकभन्दा लामो अनेकौँ आन्दोलन र सङ्घर्षको परिणाम नेपालमा गणतन्त्रको स्थापना भएको छ । लोकतन्त्रका मूल्यहरुलाई पूर्णता दिने प्रयत्नमा नै नेपाली जनताले गणतन्त्रको खोजी गरेका हुन् र आवश्यकता देखेका हुन् । युग परिवर्तनको यस सङ्घारमा उपस्थित चुनौती र सम्भावनाहरुलाई गहन अवलोकन गर्दै नेपाली जनताले गणतन्त्रको बाटो समातेका छन् । लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका अभियन्ता डा. देवेन्द्रराज पाण्डेद्वारा लेखिएको प्रस्तुत कृतिले स्वतन्त्र चिन्तन र चेतनाको यही नागरिक सामथ्र्यलाई राम्रोसँग समेटेको छ । 
– नरहरि आचार्य 
 
About the Author
देवेन्द्रराज पाण्डे नागरिक अगुवा हुन् । उनले विगतमा अर्थमन्त्री र अर्थसचिवको रुपमा काम गर्नुका साथै पहिलो मानव विकास प्रतिवेदन तयार गर्नमा सक्रिय भूमिका खेलेका छन् । उनले विकास र प्रजातन्त्र सम्बन्धी विषयमा थुप्रै पुस्तकहरु लेखेका छन् ।

Book Review

Scroll