Karodau Kasturi

Karodau Kasturi

 (Paperback)

by Amar Neupane  
Rs 450.00 Rs 360.00 20 %

Number of Pages : 371

Language : Nepali

ISBN: 978-9937-8931-4-5

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

म त्यो दिन सम्झन्छु, जुन बेला भर्खर मेरो ओठमाथि जुँगारेखी बसेको थियो । प्वाल परेको टेनिस सुज लगाएर दिनभरि ज्याला नलिइकन सडक नाप्दै हिँड्थें । कहाँ जाने, कता पुग्ने ? कुनै लक्ष्य थिएन । मान्छेहरुले मलाई बरालिएको आवारा केटो भन्थे । त्यसबखत म आफैलाई पनि लाग्थ्यो, यो संसारमा मजस्तो काम नलाग्ने मान्छे कोही छैन होला । बिनाउद्देश्य, बिनालक्ष्य हिँड्दै जाँदा एक दिन रङ्गमञ्चमा पाइला टेक्न पुगें । रङ्गमञ्चले पनि मजस्तै मान्छे खोजेको रहेछ क्यारे । रङ्गमञ्चले मलाई कहिल्यै पनि छोड्दै छोडेन । यसले मलाई सबैथोक दियो र हरिवंश बनाइदियो ।
यो उपन्यास मञ्च नपाएका सम्पूर्ण हरिवंशहरुको कथा हो । मलाई पात्रबिम्ब बनाएर कसैले उपन्यास लेख्ला भन्ने लागेको थिएन । यो उपन्यास ती करोडौं कस्तूरीहरुका लागि महत्वपूर्ण हुनेछ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौंतारिइहेका छन् ।
— हरिवंश आचार्य, कलाकार
 
About the Author
अमर न्यौपानेको पहिलो आख्यान ‘पानीको घाम’ले २०६६ सालको पद्मश्री साहित्य सम्मान तथा बालकथा सङ्ग्रह ‘कलिलो मन’ले २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको छ । उनको उपन्यास ‘सेतो धरती’ले मदन पुरस्कार (२०६८), रामराज पन्त पुरस्कार (२०६८), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार (२०११–१२) प्राप्त गरेको छ ।

Book Review

Scroll