Bhumi, Kisan ra Rajya

Bhumi, Kisan Ra Rajya

 (Paperback)

by Jhalak Subedi  
Rs 248.00 Rs 200.00 20 %

Number of Pages : 155

Language : Nepali

ISBN: 978-9937-665-10-0

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

भूमिमा आधारित किसान र राज्यबीच सम्बन्धका अनेक नेटो र घुम्तीको सजीव चित्र यस पुस्तकमा प्रस्तुत गरिएको छ । यसमा राजी, सोनाहा, चेपाङ, माझी, बोटे, मुसहर, दनुवार, गुरूङ जस्ता नेपालका आदिवासी जनजाति समुदायको भूमिसँगको सम्बन्ध र तिनमा आइरहेका परिवर्तनबारे समुदायमै पुगेर प्रत्यक्ष संवादका आधारमा तयार पारिएको रिपोर्ताजका साथै बिर्ताप्रथा र गुठीप्रथाको कहर खेपिरहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका किसानका पीडाको जीवन्त चित्रण पाइन्छ । 
६६ वर्षयता नेपालमा भूमि सुधारका नाममा भएगरेका काम, नेपालको अर्थ–राजनीतिक इतिहास र वर्तमानबारे कहिले इतिहास लेखनको शैली त कहिले आख्यान लेखनको शैली अपनाएर तयार पारिएको यो पुस्तक आदिवासी समुदाय र राज्यबीचको सम्बन्ध तथा भूमि, किसान र राज्यबीचका सम्बन्धको इतिहास जान्न चाहनेका लागि उपयोगी हुनेछ ।   
 
About the Author
झलक सुवेदी कुशल लेखक र राजनीतिक टिप्पणीकार हुन् । उनका राजनीति, अर्थशास्त्र र समाजसँग सम्बन्धित टिप्पणी र अनुसन्धानमूलक लेखरचना पत्रपत्रिकामा निस्किरहन्छन् । उनका कथा, कविता र निबन्ध पनि प्रसस्तै छापिएका छन् । उनका दुई गैरआख्यान प्रकाशित छन् ः नेपाली विद्यार्थी आन्दोलनको आधा शताब्दी र ब्रिटिस साम्राज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालीबेली । उनको उपन्यास आधा जून फाइनप्रिन्टबाट प्रकाशित छ ।

Book Review

Scroll